आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पंचमी नेपाली हिन्दू महिलाहरुले धुमधामका साथ् मनाएका छन्।  ऋषि पन्चमीको समापन संगै महिलाहरुको चाड तीज समापन भएको बिश्वास गरिन्छ।

महिलाले आज बिहानै उठेर नजिकको नदी वा  ताल, तलैया  गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छूवाछूत वा  कुनै त्रुटी भए आज ऋषि पञ्चमीको दिन पूजा गर्दा सबै दोष नस्ट हुने बिश्वास छ।  आधुनिकताको नाममा केही महिलाहरुले नछुने भनेको नबार्ने  तथा यस्तो छोइछिटोको कडा बिरोध गर्ने गरेको पाइन्छ।  तर नछुने भनेको बेला भान्छाको काम गर्नु नपर्दा महिलाहरुलाई केही दिन भए पनि आरामको महशूश हुन्छ।  दतिवनले दांत माज्ने चलन आफैमा बैज्ञानिक चलन हो। पश्चिमाहरुले दांत माझ्नाको महत्व थाहा नहुँदै हाम्रा पूर्वजहरुले दतिवनले दांत माझ्न शुरु गरिसकेका थिए।  बच्चालाई दूध चुसाउनु पर्ने र हुर्काउनु पर्ने भएकोले अझ महिलाहरुले ३६५ दिन नै दांत माझेर मुखको स्वास्थ्य राम्रो राख्नुपर्ने उपदेश ऋषिहरुले दिएका थिए जबकी त्यति बेलासम्म टूथ ब्रशको आविष्कार भैसकेकै थिएन।  त्यो चलन संगै ३६५ वटा दतिवन खाने चलन आएको हो।

तीज र ऋषिपन्चमी  हाम्रो नेपालको मौलिक चाड हो।  यो चाडको धार्मिक साथै सांस्कृतिक महत्व पनि निकै ठुलो छ।

Facebook Comments