काठमाडौं: सलमान खानको उपस्थितिमा हुने भनिएको दब्याङ्ग टुर स्थगित भएको हो। कार्यक्रम तोकिएको दिनमा नहुने बारे आयोजक संस्था ओडिसले पहिलोपोस्टलाई जानकारी दियो।

फागुन २६ गते काठमाडौँको टुँडिखेलमा हुने भनिएको सलमान खानको ‘दब्याङ्ग द टुर नेपाल’ स्थगित हुनुको कारण बारे औपचारिक जानकारी दिन प्रेस विज्ञप्ती जारी गर्ने बताइएको छ।

कार्यक्रम हुने निश्चित भएको भन्दै सलमानका भाइ तथा आयोजक समेत रहेका सोहेल खानले काठमाडौंमा पत्रकार सम्मेलन समेत आयोजना गरेका थिए। केही दिन अघि विप्लव माओवादीले कार्यक्रम हुन नदिने चेतावनी दिएको थियो। तर ओडिसीमा सम्पर्क गर्दा कार्यक्रम रद्द नहुने बताइएको थियो। तर हाल सलमानले उक्त चेतावनीलाई कारण देखाएर संदेश लेख्नु नै कार्यक्रम स्थगित हुनुको मुख्य कारण रहेको बताइएको छ।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उदेश्य विनाशकारी भुकम्प र नाकाबन्दी पछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई कम गर्नु थियो। कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने बताइएको थियो।

Facebook Comments