काठमाडौँ – सिरियाली गृहयुद्धको बिभत्स रुप सार्वजनिक भइरहेका बेला राष्ट्रसंघीय उद्दारकर्ताले सहयोग उपलब्ध गराउने क्रममा त्यहाँका महिलाहरुको शारिरिक शोषण गरेको खुलाशा बीबीसीले गरेको छ ।

राष्ट्रसंघ र अन्तराष्ट्रिय सहयोगी संस्थाहरुका तर्फबाट राहत र उद्दार वितरण गर्न गएका पुरुष कामदारले महिलाहरुलाई सहयोग दिएको बदलामा यौन दुब्र्यवहार गरेका हुन् ।  तीन बर्षअघि यस्ता घटना भएको विवरण आएपछि त्यस्तो नगर्नका लागि चेतावनी दिइएको थियो ।

अमेरिका र रुसको ‘प्रोक्सी युद्ध’ को शिकार भएको सिरियामा हालसम्ममा चार लाख सिरियाली मारिएको राष्ट्रसंघले जनाएको छ । अमेरिकाले सिरियाली शासक बशर अल–असादलाई सत्ताच्युत गर्नका लागि बिद्रोही शक्तिलाई समर्थन गर्दै आइरहेको छ भने रुसले सिरियाली शासकलाई नै समर्थन गदैै आएको छ ।

राष्ट्रसंघले शनिवार ३० दिनका लागि युद्धबिराम माग गरेकै दिन र त्यसपछि लगातार हिंसात्मक आक्रमण भइरहेका छन् । तीनमा ठूलो संख्यामा बालबालिका मारिएका छन् । गृहयुद्धमा बालबालिकका मारिएको ह्दयबिदारक तस्बीर सार्वजनिक भइरहेका बेला त्यसप्रति अमेरिकालगायत राष्ट्रसंघ र शक्ति राष्ट्रलाई त्यसमा जिम्मेवार ठहर्याउँदै आक्रोस पोख्नेको संख्या हवात्तै बढेको छ ।

मानवीय अपराधको यो नारकीय रुपकै बीचम अपराधको अर्को रुप सार्बजनिक भएको हो । आफ्नो शारिर बेच्नु पर्ने भएपछि अहिले सिरियाली महिलाहरु राहत लिन जान समेत नमान्ने अवस्था आएको छ ।

‘शारिरिक शोषण यति व्यापक भएको छ कि केही महिला राहत बितरण केन्द्रमा जान समेत मान्दैनन्’ रिर्पोटमा भनिएको छ । यसको जानकारी मानवतावादी संस्थाहरुलाई भएपनि राहत र उद्धारका लागि त्यस्ता ठाउँहरुमा अन्तराष्ट्रिय जनशक्ति पुग्न नसक्ने भएकाले स्थानीय प्रशासन र कामदारको सहयोग लिनुको बिकल्प उनीहरुसँग छैन् ।

Facebook Comments