राजमार्गको छेउको नालीमा पल्टिएको चितुवालाई मरेको सम्झेर मोटरसाइकलमा आएका दुई युवकले त्यो चितुवासँग सेल्फी लिन खोजिरहेका थिए । यही क्रममा अचानक चितुवा उठेर दुईमध्ये एकलाई झम्टियो । चितुवाको पकडमा परेका ती युवक निकै मुस्किलले ज्यान बचाएर भागे । अर्का युवक भाग्ने क्रममा लडेर घाइते भएका छन् ।

त्यो चितुवा राजमार्गमा हिँडिरहेको कुनै गाडीको ठक्करले घाइते भएको थियो । भागेका युवकहरुले गाउँलेहरुलाई खबर गरेपछि एकैछिनमा भीड जम्मा भयो । गाउँलेहरुले वन विभागमा फोन गरेपछि वन विभागका कर्मचारी आएर चितुवलाई उद्धार गरे । भारतको राजस्थान उदयपुर जिल्लामा यो घटना भएको हो । जिल्ला वन अधिकृत ओपी शर्माका अनुसार चितुवालाई कुनै गाडीले पछाडिबाट ठक्कर दिएको थियो । यसको पछाडीको हड्डी र खुट्टामा गहिरो चोट लागेको छ । चितुवालाई बायोलोजिकल पार्कमा राखेर उपचार भइरहेको छ । पूर्णरुपमा ठिक भएपछि उसलाई जंगलमा छाडिनेछ

(हेर्नुस भिडियो) 

Facebook Comments