काठमाडौं– आन्दोलनरत नर्सहरुले सोमबारदेखि एक सिफ्टको ड्युटी  छाडेका छन्।एक हप्ताअघि ११ बुँदे माग अघि सार्दै उनीहरुले आन्दोलन घोषणा गरेका थिए। स्वास्थ्य मन्त्रालयले उनीहरुका मागको सुनुवाइ नगरेपछि पूर्व कार्यतालिका अनुसार सोमबारदेखि तीन दिनसम्म उनीहरुले १० देखि १ बजेसम्म ३ घन्टाका लागि ड्युटी छाड्ने घोषणा गरेका हुन्।यी तीन दिनभित्र पनि माग पूरा नभए ४, ५ र ६ गते सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने भएका छन्।

Facebook Comments