७ पुस, काठमाण्डौ । नेकपा एमालेका नेता राजन भट्टराईले एक प्रसंगमा कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी एकतापछि पनि अध्यक्ष र प्रधानमन्त्री बन्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  नेता भट्टराईले उक्त कुरा बताएका हुन् ।

ओलीकै पक्षमा जनमत भएको र भारत, चिन लगायत अन्तराष्ट्रिय जगत पनि पनि ओलीकै पक्षमा भएको  दाबी उनले गरेका थिए ।

परराष्ट्र मामिला विज्ञसमेत रहेका भट्टराईले ओली प्रधानमन्त्री भएपछि नेपाल भारत सम्बन्ध राम्रो हुने बताउँदै चिनसँगको सम्बन्ध पनि अझ मजबुत हुने बताए ।

चिनिया रेल पनि केरुङ–रसुवागढी–काठमाण्डौ–पोखरा हुँदै लुम्बिनीसम्म पुर्याउने भट्टराईले बताए । त्यसैगरी भारतीय रेल रक्सौल जनकपुर हूँदै काठमाण्डौ ल्याउने सोच आफूहरुको भएको भट्टराईले खुलाशा गरे ।

एमाले र माओवादीबिच पार्टी एकतामा बढि प्राथमिकता दिनुपर्नेमा जोड दिदै उनले एमालेको स्थायी समिति बैठकबाट एकता प्रक्रिया अगाडि बढ्ने बताए ।

भट्टराईका अनुसार पार्टी एकताको मोडल महासचिव ईश्वरपोखरेलले भने अनुसार नै संसदीय दल, अध्यक्ष र प्रधामन्त्री एउटै व्यक्ति अर्थात केपी ओली हुने बताएका छन् ।

फरक प्रसङ्गमा उनले राष्ट्रपतिले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश रोक्नु ठीक भएको बताउँदै एकल संक्रमणीय मत प्रणालीको व्यवस्था गर्न खोज्नु गलत भएको बताए ।

यसव विषयमा तीन जना नेताहरु ओली, देउवा र प्रचण्ड बसेर विवाद सुल्झाउनुपर्नेमा उनले जोड दिए ।

हिजो यसै विषयमा प्रचण्ड पार्टी अधक्ष अनि ओली प्रधानमन्त्री हुने खबरहरु पनि बाहिरिएका थिए । यो अवस्थामा को बन्ला त पार्टी अधक्ष ? अनि को बन्ला प्रधानमन्त्री ? त्यो त समयले नै देखाउने छ ।

 

Facebook Comments